रामपुर ।
ठकुरी समाज महासंघ रामपुर पाल्पाले प्रथम अधिबेशन सम्पन्न गरेको छ । रामपुर -५ स्थित रेशम सभा हलमा आयोजित कार्यक्रममा केशर बहादुर खांणको अध्यक्षतामा १५ सदस्सिय कार्यसमितिको गठन गरेको छ ।
केशर बहादुर खांण अध्यक्ष, उपाध्यक्षमा जगत मल्ल र कबिता मल्ल सचिबमा नरेश मल्ल र बिष्णु माया सेन, सह – सचिबमा जबर सिंह र मनिषा मल्ल, कोषाध्यक्षमा रुपा खांण मल्ल सदस्यहरु गोविन्द प्रेम बहादुर मल्ल, नारायण मल्ल, नारायण कुमार मल्ल, दिलमाया मल्ल, पूजा शाही र हुमा देवी सिंह निर्बिरोध निर्बाचित भएको निर्वाचन समितिका सम्योजक दान बहादुर मल्ल (दानस) ज्युले जानकारी दिनु भयो ।
ठकुरी समाज महासंघ केन्द्रिय सह-कोषाध्यक्ष सुनिता सेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य लोकेन्द्र मल्ल कपिलवस्तु जिल्ला अध्यक्ष सुष्मा खांण पाल्पा जिल्ला उपाध्य्क्ष सोम बहादुर सेन लगायतको उपस्थिती थियो।
कार्यक्रममा बिशिस्ट अतिथी सुष्मा खांणले एउटा जिल्लाको गतिबिधी अर्को जिल्लाको सिकाई हुने बताउनुभयो अर्को फरक प्रसंगमा आफ्नो कार्यसमितिमा ७०% महिलाहरु भएकोले महिला सशक्तिकरणमा समाज सहयोगि भएको बताउनुभयो ।
केन्द्रिय प्रतिनिधि एबम कार्यक्रमको प्रमुख अतिथी सुनिता सेन ले महासंघको केन्द्रिय गतिबिधी बारेमा प्रकाश पार्दै पहिचान,भाषा,संस्कृति र सस्कारको जगेर्ना गर्न आफ्नो ठाउँ बाट लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा जिल्ला उपाध्यक्ष सोम बहादुर सेनले सङ्ठनको गतिबिधी, आर्थिक प्रतिबेदन कोषाध्यक्ष भिम बहादुर सिंह र साङ्ठनिक कार्ययोजना जिल्ला सचिब कपिल बहादुर खांणले प्रस्तुत गर्नुभएको थियो बक्ता हरुमा पूर्ण खांण, कमल सेन, लक्ष्मण उचै, मिना शाही, दल बहादुर चन्द, माधव चन्द, यम बहादुर शिव खांण, तारा खाण र नवनिर्बाचित अध्यक्ष केशर बहादुर खांण लगायत हुनुहुन्थ्यो । जिल्ला अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा बसेको कार्यक्रमको संचालन कपिल खांणले गर्नुभएको थियो ।

