Explore the Radio Palpa in shortly.

नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभागको सदस्यहरुको मनोनयन ।  

0

पाल्पा ।  नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री रंगमती शाही प्रमुख रहनु भएको नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभागको सदस्यमा मनोनयन गर्नु भएको छ । यस अघि प्रमुख मात्रै तोकिएको पिछडिएको बिभागमा कुल १० जना सदस्य हरुको मनोनयन  भएको छ ।  जस मध्य पाल्पाबाट  रामपुर नगरपालिका वार्ड  नम्बर ५ निवासी अर्जुन प्रसाद रेग्मी मनोनित हुनुभएको छ । राजनैतिक  र सामाजिक ब्यक्तित्व रेग्मी रेडियो पाल्पा संचालक समितिको अध्यक्ष समेत हुनुहुन्छ ।  

Leave A Reply

Your email address will not be published.