Explore the Radio Palpa in shortly.

आँखा उपचार केन्द्रको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन

0

पाल्पा (रामपुर) कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाको चौथो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छFull Version Security Monitor Pro । आँखा उपचार केन्द्र किसान बारीमा एक समारोहको आयोजना गरी साधारण सभा सम्पन्न भएको हो ।
कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष डाक्टर चेतराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उट्घाटन गर्दै पन्तले आँखाका रोगीहरुको संख्या वृद्धि भएको बताउनु भयो ।

पन्तले आँखा उपचारका लागि देशमा जनशक्ति थपिदै गए पनि त्यसको तुलनामा दृष्टि समस्या हुनेको संख्या उतिकै रहेको बताउनु भएको हो । उहाँले आँखा नदेखेर दुई तिन वर्ष सम्म समस्यामा रहेका मान्छेलाई मात्र उपचार गर्न सके पनि त्यस बाहेक नर्मल दृष्टि नभएर अप्ठ्यारो परेको हरुको संख्या १ करोड ८३ लाख बढी रहेको बताउनुभयो । पन्तले उनीहरुलाई साधारण चस्मा मात्र वितरण गर्न सके पनि उनीहरुको दैनिकिमा धेरै फरक पर्ने जानकारी गराउनुभयो ।4K Stogram 2022 Crack 


कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. ५ का अध्यक्ष सागर प्रताप राणाले आँखा उपचार केन्द्र सञ्चालनको लागि दक्ष जनशक्तिको आवश्यक भएकाले अहिले एक अर्का संग समन्वय गरेर काम गर्दै आएको बताउनुभयो । नेपाल नेत्र ज्योति संघका केन्द्रिय सचिव भरत बहादुर चन्दले विभिन्न उपचार गर्न नेपालीहरु विदेश गैरहेको सन्दर्भमा नेपालमा आँखाको रोगको उपचारका लागि स्तरिय सेवा प्रदान गरेकै कारण लाखौं विदेशी नेपाल आउने गरेको बताउनुभयो । उहाँले यो राज्यले गौरव गर्न लायक विषय भएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति शेर बहादुर थापा, नेपाल नेत्र ज्योति संघ पाल्पाका उपसभापति बुद्धि प्रकाश शर्मा, शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्य देवराज ढकाल, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमल राज भट्टराई, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले गुणस्तरिय सेवा नै आजको आवश्यकता भएको बताउँदै अस्पतालको स्तरउन्नतिका लागि यस क्षेत्रका सरोकारवालाहरु लाग्नु आवश्यक रहेका बताएका थिए । कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष इश्वर प्रसाद लम्सालले उपचार केन्द्रको ५८ लाख ४० हजार ३ सय ८८ रुपैयाँ १५ पैसा बराबरको गत वर्षको आर्थिक प्रतिवेदन तथा उपचार केन्द्रले प्राप्त गरेका उपलब्धी, भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपचार केन्द्रमा अक्षयकोष स्थापना गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका उपाध्यक्ष विनोद कुमार पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रममा, नेपाल नेत्र ज्योति संघ पाल्पाका सदस्य भोजेन्द्र प्रकाश ढकालको धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालक समितिका सदस्य रुपनाथ गौतमको सञ्चालनमा भएको थियो ।


पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर क्षेत्रका नागरिकलाई आँखा उपचार केन्द्र मार्फत ज्योति प्रदान गर्दै आएको आँखा उपचार केन्द्रले केही समय यता कानको उपचार सेवा समेत प्रदान गर्दै आएको छ ।

अध्यक्षमा पुन : पोखरेल

कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको सञ्चालक समितिको अध्यक्षमा निवर्तमान अध्यक्ष हुतराज पोखरेल पुन ः चयन हुनु भएको छ ।
दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसहमतिमा चयन गरेको हो । समितिको उपाध्यक्षमा विनोद कुमार पोखरेल, कोषध्यक्षमा इश्वर प्रसाद लम्साल, सचिवमा रुपनाथ गौतम र सदस्यहरुमा सुन्दर प्रसाद पोखरेल, उषा थापा राना, दुर्गा प्रसाद भट्टराई, रुद्र नारायण श्रेष्ठ र भिम विश्व भट्टराई चयन हुनु भएको छ । त्यस्तै शनिबार नै बसेको पहिलो बैठकले सुकदेव पोखरेल, दोवराज तिवारी र बसन्ती पराजुलीलाई सदस्यमा मनोनयन गरेको छ । साथै लायन्स क्लव अफ रामपुर र ज्योति पुञ्ज युवा क्लवलाई २ आमन्त्रित सदस्यमा राख्ने निर्णय गरेको छ ।
यता बैठकले नेपाल नेत्र ज्योति संघ पाल्पाका सदस्य भोजेन्द्र प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्य कर्मचारी पदपूर्ति तथा खरिद समिति चयन गरेको छ । समितिको सदस्यहरुमा रमेश पोखरेल र उपचार केन्द्रका व्यवस्थापक सुन्दर राना रहेका छन् । त्यस्तै ईश्वर प्रसाद लम्सालको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन भएको छ । समिति सदस्यहरुमा सुन्दर प्रसाद पोखरेल र सुदिप गौतम रहेका छन् भने दोवराज तिवारीलाई अक्षय कोष सञ्चालक समितिको संयोजमा चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक मुरारी प्रसाद काफ्लेले सपथ ग्रहण गराउनु भएको थियो । नेपाल नेत्र ज्योति संघ पाल्पाका सदस्य भोजेन्द्र प्रकाश ढकालले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.