Explore the Radio Palpa in shortly.

बालबालिकाको सहयोगको लागि सांस्कृतिक कार्यक्रम हुने

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /क्यान एजुकेशन फाण्डेशन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा ¥यारिटी कार्यक्रम गर्ने भएको छ । २८ गते शनिबार हुने उक्त कार्यक्रममा गायिका एंव मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्धय सुरेश कुमार क्षेत्री र दाउथ राईले आफ्नो प्रस्तुति दिने इभेन्ट व्यवस्थापक सनिल मर्हजनले जानकारी दिए । उनका अनुसार कल्चरल नृत्यका साथमा फेशन शो पनि हुनेछ । जोजालप्पा कलेक्सनको डिजाइनमा कल्चरल फेशन शो हुनेछ ।
रशलाईट मिडियाले आफ्नो साजाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको रशलाईट मिडियाकि अध्यक्ष एंव गायिका तथा मोडल रमिता भण्डारीले जानकारी दिइन । कम्पनिले यस अघि पनि विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।
क्यान एजुकेशन फाण्डेशनले उक्त कार्यक्रमबाट उठेको रकम बालबालिकाहरुको शिक्षामा खर्च गर्ने फाउण्डेशन की कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । हाल संस्थाले चार जिल्लाका ४५ जना बालबालिकाहरुलाई शिक्षा दिँदै आएको छ । अर्थ नेपाल डट कम अफिसियल मिडिया पार्टनर हो ।

Leave A Reply

Your email address will not be published.