Explore the Radio Palpa in shortly.

माउण्ट मकालुले हकप्रद सेयर जारी गर्ने

0

 

 

अर्थ नेपाल संवाददाता
काठमाडौं /माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले सोमबार दुई बराबर एक अनुपातमा तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद जारी गर्ने भएको छ ।
बैंकको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । बैंकले तीन करोड ४५ लाख ८० हजार रूपैयाँको एक सय रुपैयाँ अकिंत दरको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद दुई महिनाभित्र जारी गरिसक्नुपर्नेछ ।

माउन्ट मकालुको गत बर्ष वितरण गरेको ६.४० प्रतिशत बोनसपछि चुक्तापूँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ पुगेको छ । ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.