Explore the Radio Palpa in shortly.

आन्तरिक पर्यटन प्रवद्र्धनका फोटोग्राफहरु फोटोग्राफी भ्रमणमा

0

अर्थ नेपाल संवाददाता
पोखरा/पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा आज देखि पोखरा फोटोग्राफर संघका सदस्यहरु २ दिने फोटोग्राफी भ्रमणमा निस्केका छन् ।
आन्तरिक पर्यटन प्रबर्धनका लागि भ्रमणमा निस्केको यो टोलीले पुम्दी कोशान्ती स्तुपा ,पुम्दीकोट टावर हुदै कालाबाड. घरेडी होम स्टे जानेछ र त्यो स्थानबाट देखिने प्राकृतीक सौन्दर्यका तस्बिर खिच्दै स्याड.जाको साल्मेडांडा,मट्टिखान पुगेर फोटोग्राफी सम्वन्धी अन्र्तकृयात्मक कार्यक्रम गरेर पहिलोदिन को कार्यक्रम सम्पन्न हुनेछ भने दोसा्रे दिन कृष्ती , निर्मलपोखरी भरतपोखरी हुदीकोट हुदै तनहुको कात्रेमा पुगेर यात्रा समापन हुने पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसी राम सुवेदीले बताए ।
आन्तरिक पर्यटन पवद्र्धधनका साथ साथै फोटोग्राफरहरुमा फोटोग्राफी सिप अभिवृद्धि गर्नका लागि हरेक बर्षहरुमा पोखरा फोटाग्राफर संघ पोखरा नेपालले यस किसिमका कार्यक्रमहरुकोे आयोजना गर्ने गरेको छ र गत बर्ष कार्तिक मै चित्रे पंचासे क्षेत्रको फोटोगा्रफी भ्रमण समेत गरेको बताउदै यो पटक पोखरा कै नजिकको स्थानलाई भ्रमण टोलीले चयन गरेको सुवेदीले बताए । उक्त भ्रमण अवधिभर फोटोग्राफी सम्वन्धी अन्तरकृया तथा प्राविधिक ज्ञाानका लागी फोटोग्राफर दुर्गा प्रसाद पौडेल र दिनेश महत लेसहजिकरण गर्ने कुरा कार्यक्रम संयोजक चन्द्र प्रकाश पोख्रेल ले बताए ।
आन्तरिक पर्यटकका लागी नया पदमार्गको गन्तब्य हुन सक्ने सम्भावना रहेको यो स्थान सहरदेखि निकै नजिक रहेको छ । आन्तरिक पर्यटन प्रबद्र्धका लागि फोटोग्राफी नाराका साथ निस्केको फोटोगा्रफरहरुको टोलीले भ्रमणका क्रममा खिचेका तस्बिरहरुलाई प्रर्दशनी समेत गर्दै आएको छ । यो पटक बिशेष गरि महिला फोटोग्राफरहरु सहित ३० जना सदस्यहरुको सहभागिता रहेको कुरा महिला उप समिति संयोजक ईन्दिरा शर्माले बताईन।

Leave A Reply

Your email address will not be published.