Explore the Radio Palpa in shortly.

भवन भट्ट एनआरएनको अध्यक्षमा निर्वाचित

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी भएका छन्। एनआरएनको सोमबार सम्पन्न निर्वाचनमा निर्वाचनमा कुल १ हजार ७ सय ८८ मत खसेको थियो । जसमा भट्टले एक हजार १ सय ९७ मत पाएका थिए भने अध्यक्षका प्रत्यासी जमुना गुरुङले ५सय ८४ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर ९डिबी०क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।

Leave A Reply

Your email address will not be published.