Explore the Radio Palpa in shortly.

डाक्टर शेखर कोइराला कोईरालाको गढमा पराजित

0

२३ मंसिर, सिमरा । कपुरबोट डेस्क

कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् ।

एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् । निर्वा्चित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे ।

साथै सबैलाई समेटेर आफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।

अनलाईन खबरबाट

 

Leave A Reply

Your email address will not be published.