Explore the Radio Palpa in shortly.

गायक तुलसीको गीतमा अनु शाह तेस्रो लिंगीको भूमिकामा

0


अर्थ नेपाल काठमाडौं /डेढ दर्जन बढी फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी चर्चित अभिनेत्री अनु शाहले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी छिन् । गायक तुलसी सिवाकोटीको भर्खरै सार्वजनिक भएको ‘म त मान्छे सिधा साधा’ बोलको आधुनिक गीतमा अनुले तेस्रो लिंगीको भूमिका निर्वाह गरेकी हुन् ।
सुर्य खत्रीको शब्द रहेको रोमान्टिक शैलीको उक्त गीतमा अनु शाहको साथमा गायक शिवाकोटीले नै अभिनय गरेका छन् । लिला सिवाकोटीको संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो रोमान्टिक शैलीमा निर्माण भएको छ ।
उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतको म्यूजिक भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.