Explore the Radio Palpa in shortly.

टानको अध्यक्षमा दाहालको प्यानल विजयी

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । सन् २०१७–०१९ को टानको नेतृत्वको लागि दाहाल समूह विजयी भएको छ ।
चुनावी मैदानमा लोकतान्त्रिक , वामगठबन्धन र स्वतन्त्र रहेका थिए । कुल ११८६ मत मध्ये ७२७ मत खसेकोमा दाहाललाई ३३१ मत प्राप्त भयो । , लोकतान्त्रिक समुहबाट उम्मेद्वार बनेका लम्साललाई भने ३१३ मात्र प्राप्त भयो ।स्वतन्त्र उम्मेद्धार नुरु जांबु शेर्पाले ५० मत प्राप्त गरेका छन् । अध्यक्षसहित अधिकांश पदाधिकारीहरु दाहाल समूहका विजयी भएका छन् । प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना कार्यसमिति सदस्यमा पनि दाहाल समूहबाट विजयी भएका छन् । लोकतान्त्रिक समुहबाट भने बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महिला सदस्य र अन्य २ सदस्य पद जित्न सफल भएको छ ।
दिउँसो १ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो भने राति नौ बजेबाट सुरु भएको मत गणना विहान २ बजे सम्पन्न भएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.