Explore the Radio Palpa in shortly.

बर्दिवासमा डेंगु नियन्त्रण बाहिर

0

महोत्तरी /गत भदौको अन्तिम सातादेखि बर्दिवास क्षेत्रमा फैलिएकोे डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा फैलिएको डेंगु नियन्त्रण भन्दा बाहिर गएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जारी गरेको तथ्याकंले देखाएको छ ।

भदौ अन्तिम साता देखिएको डेंगु कात्तिकको दोस्रो हप्ता ९आइतवार०सम्म ४३८ जनामा देखापरेको छ ।

दिनदिनै डेंगुका बिरामी बढिरहेपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले बर्दिवासमै अन्तरक्रिया कार्यक्रम गरेर डेंगुको संक्रमण नियन्त्रण आउन नसकेको जानकारी दिएको हो ।

कार्यक्रममा कार्यालयका प्रमुख डाक्टर राजिव झाले केही ठाउँमा डेंगुको संक्रमण निकै धेरै देखिएको भन्दै नियन्त्रणका लागि प्रयासरत रहेको बताए ।

गत शनिवारसम्म ४२१ जनामा रहेको डेंगु संक्रमण पाइएकोमा आइतवार मात्रै थप १७ जनामा डेंगु देखापरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले जानकारी दिए ।

बर्दिवास नगरपालिका भित्र मात्रै आइतबारसम्ममा ४२१ जनामा जना डेंगु देखापरेको छ । संक्रमितमध्ये दुई सय जना उपचार पश्चात निको भैसकेको स्वास्थ्य निरीक्षक ठाकुरले दावी गरेपनि स्वास्थ्य कार्यालयसँग यो सम्बन्धमा कुनै तथ्याकं नै छैन ।

संक्रमितमध्ये धेरै जना आफ्नो दैनिक कृयापलापमा फर्किसकेको छन् भने संक्रमित हुनेहरुको संख्यामा भने कुनै फरक आएका छैन ।

बर्दिवासमा मात्रै ४३८ जना डेंगुका बिरामी भेटिएको र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाको रहेका छन् ।

बर्दिवास नगरपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ९, ११ र १४ मा सबैभन्दा बढी डेंगु संक्रमणका बिरामी फेला परेपछि बर्दिवास नगरपालिकाले डेंगु नियन्त्रणको लागि थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

डेंगु नियन्त्रणका लागि नयाँ कार्ययोजना

सरोकारवाला निकायले डेंगु नियन्त्रणको प्रयास नगरेको भन्दै सर्वसाधरणबाट जनप्रतिनिधीहरु र जिल्ला स्वास्थ्य कार्यालयको चर्को आलोचना हुन थालेपछि बर्दिवास नगरपालिका र स्वास्थ्य कार्यालय महोत्तरीले थप कार्ययोजना बनाएको बर्दिवास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यालयले संक्रमितहरुको अवस्थाको जानकारी दिन र डेंगु नियन्त्रणको प्रयास प्रभावकारी बढाउन हेल्प डेस्क स्थापना, सर्च एण्ड डिस्टा्रेय कार्यक्रम, स्वास्थ्य शिक्षा, घरदैलो कार्यक्रम, औषधी स्प्रे गर्ने समेतको कार्यक्रम योजना तर्जुमा गरेको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले जानकारी दिए । ‘आलोचना गर्न सजिलो छ,’ उनले भने,’नगरवासीको स्वास्थ्यप्रति म त्यतीकै गम्भीर छु,।’

नियन्त्रणको लागि सबै प्रयास गर्न आफू तयार रहेको समेत उनले प्रस्ट पारे । महोत्तरीमा डेंगुकै कारण एक जनाको मृत्यु भैसकेको छ ।
साभार : बिक्रम रौनियार/ अनलाईन खबर

Leave A Reply

Your email address will not be published.