Explore the Radio Palpa in shortly.

सिन्धुलीगढीमा अंग्रेजलाई हराएको २५० औं विजयोत्सव भब्य (फोटो फिचर)

0


अर्थ नेपाल  काठमाडौं/ ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा २५० औं विजयोत्सव ऐतिहासिक बनेको छ । विजयोत्सवमा मुलुकका राष्ट्रप्रमुख र उपप्रमख दुवैको सहभागीता भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्ती मार्फत जनाइएको छ । यसले सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले प्रदर्शन गरेको बीरताको सम्मान भएको छ ।
समृद्ध सिन्धुली अभियानले कमलामाई नगरपालिकासँग मिलेर विजयोत्सवका अबसरमा काठमाडौंदेखि सिन्धुलीगढीहुँँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गरेको थियो । त्यस यात्राको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नु भएको थियो । सिन्धुलीगढीमा मनाइएको विजयोत्सवमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु भएको थियो । यसरी राष्ट्रप्रमुख र उपप्रमुख दुवै जोडिएको काठमाडौंबाहिरको कार्यक्रम सम्भवत पहिलो यही हो । विसं १८२४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीमा पराजित गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइँदै आएको छ ।


सिन्धुलीगढीमा भएको विजयोत्समा प्रधानसेनापति राजेन्द्र क्षेत्री, मुख्य सचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिव, पूर्वमन्त्रीहरु, पूर्वसाँसद। स्थानीय जनप्रतिनिधिहरुसहित ठूलो संख्यामा सर्बसाधारणको उपस्थिति थियो । सिन्धुलीगढीलाई दुलही जस्तै सिंगारिएको थियो । राष्ट्रपति जाने भएपछि ऐतिहासिक सिन्धुलीगढीको स्वरुपै फेरिएको थियो । नेपाली सेनाले तत्कालीन अवस्थामा अ्रग्रेज सेनासँग युद्ध लड्दाको अबस्था दर्शाउने पोशाकमा आफ्ना सैनिकलाई उतारेको थियो । उनीहरु गुलेली, मट्यांग्रा, भाला, भरुवा बन्दुकलगायतका हतियारमा गढीका हरेक कुनामा सुरक्षार्थ तैनाथ थिए । तत्कालीन ब्रिटिस सेनालाई बहादुर गोर्खालीले तीनै हतियारका बलमा परास्त गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलोगढीमा राष्ट्रिय झन्डा फहराएर विजयोत्वको सुआत गर्नु भयो । त्यस अबसरमा नेपाली सेनाको चण्डीदल गणका सैनिकले सलामी अर्पण गरेका थिए । त्यही बेला नेपाली सेनाले सन् १८२४ मा भएको अंग्रेजसँगको युद्धलाई नाटकमा रुपान्तण गरेर प्रदर्शन गरेको थियो ।


त्यस अबसरमा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको समयमा भएको युद्धमा हाम्रा बीर पुर्खाले देखाएको बहादुरीले नेपालीको शिर उचो बनाएको बताउँदै सिन्धुलीगढी इतिहासमा सधैं बीरताको गाथा बोकेर रहिरहने बताउनु भयो । उहाँले सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी विश्वसामु चिनाउन भूमिका निवार्ह गर्न सबैमा आग्रह गर्नु भयो ।
विजयोत्सव आयोजक कमलामाइ नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले गढीको ऐतिहासिक महत्वबारे जानकारी गराउनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.