Explore the Radio Palpa in shortly.

पत्रकार गिता अधिकारीलाई चलचित्र कलाकार सघंले सम्मान गर्ने

0

अर्थ नेपाल काठमाडौं/ नेपाल चलचित्र कलाकार सघंले मिलाप मासिक र मिलापन्युज डट कम की कार्यकारी सम्पादक गीता अधिकारीलाई पत्रकारिता सम्मान गर्ने भएको छ । उनी चलचित्र पत्रकार संघकी उपाध्यक्ष हुन । विगत एक दशक भन्दा बढि समय देखि पत्रकारितामा सक्रिय छिन् ।
नेपाल चलचित्र कलाकार संघको मंसिर ४ गते सोमबार बसेको बैठकले विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको हो । नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७४ बाट पत्रकार तुलसी गिरी ‘भावुक’ र आरके सुवेदीलाई पनि सम्मान गरिने भएको छ ।
यस्तै चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४बाट मह जोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने भएको छ ।

यसैगरी शान्ति मास्के पुरस्कारबाट आर.पि.पन्त, विशेष सम्मान गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, नव प्रतिभा सम्मान दीपिका प्रसाईं, सेवा सम्मानबाट राजेन्द्र शलभ, शम्भु निरौला, जय श्रेष्ठ र प्रकाश धिताललाई प्रदान गरिने संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.