Explore the Radio Palpa in shortly.

‘अन्तराष्ट्रिय गायक’ राजेशपायललाई मिलाप सम्मान

0


अर्थ नेपाल काठमाडौं/ नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई पनि त्यो चिन्ताले छोएको रहेछ । उनले आइतबार यस्तै खुलासा गरे । जहाँ उनी सम्मान हुँदैथिए ।
हो, मिलाप म्यागजिन तथा मिलाप न्युज डटकमले यी नेपाली गायनका मेगास्टारलाई आइतबार सम्मान गर्दै थियो, जहाँ राजेशपायलले भने, लाई आइतबार सम्मान गर्दै थियो, जहाँ राजेशपायलले भने, ‘मैले सकैथोक पाएँ, तर जीवनमा एकथोक पाउन सकेको छैन । त्यो वा उ कतै होला ।’ राजेशपायलको यस्तो अभिव्यक्तिले एक संकेत गरेको थियो भने अहिलेसम्म ब्याचुलर रहेका राजेशपायल विवाह गर्ने सोचमा छन् ।
हालैमात्र अमेरिकामा सम्मानीत भएका राजेशपायललाई त्यसै सन्दर्भमा मिलाप म्यागजिनले सम्मान गरेको हो । नेपाली गायनमा ‘राई इज किङ’ हुँदै ‘मेगास्टार’को रुपमा ख्याती कमाइसकेका राजेशपायललाई अमेरिकाको रोचेस्टर सिटीले सम्मान गर्दै ‘अन्तराष्ट्रिय पप गायक’ को उपाधि मात्र दिएन कि राजेशपायलको नाममा प्रत्यृेक ५ नोभेम्बर ५ लाई ‘राई ्इज किङ’ को नाममा फेस्टिवल मनाउने घोषणा समेत गरेको छ । यो आम नेपालीका लागि खुसी खबर हो ।


हो, मिलाप म्यागजिनको सम्मानको अर्थ पानि यसैमा केन्द्रित थियो । एक नेपाली कलाकार, जसले अन्तराष्ट्रिय रुपमा चर्चा र सम्मान पाएपछि म्यागजिनले सम्मान गरेको मिलापका प्रधान सम्पादक कृष्ण भुषालले बताए । उनका अनुसार एक नेपाली कलाकारले अन्तराष्ट्रिय सम्मान र उपाधि पाएर पनि राज्यले वास्ता नगरेपछि पत्रकारहरुको तर्फबाट सम्मान गरिएको हो ।
राजेशपायललाई सम्मान गर्न कलाकार तथा पत्रकारहरुको भीड लागेको थियो । सम्मान गर्नै क्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, निर्वतमान अध्यक्ष अध्यक्ष शान्तिपृय, इतिहासविद् तथा प्राडा सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शान्ताराम विडारी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, अन्तराष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नायिका सारिका घिमिरेलगायतले शुभकामना तथा बधाई ज्ञापन गरे । यसैक्रममा सयभन्दा बढी कलाकार राजेशपायललाई शुभकामना तथा बधाई दिन कार्यक्रममा उपस्थित थिए । यसैक्रममा गीतकार राम रेप्चुङ राई, मिलाप म्यागजिन तथा मिलाल न्युज डटकममा कार्यकारी सम्पादक गीता अधिकारी, पत्रकार सानुकाजी श्रेष्ठ, एमपी सुब्बालगायतले पनि राजेशपायललाई शुभकामना तथा बधाई दिएका थिए ।
राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आयोजित सम्मान तथा बधाई कार्यक्रममा देशका अधिकांस मिडियाको सहभागिता रहेको थियो ।
राजेशपायल जो यस्ता व्यक्ति हुन् । जो, नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गर्दै आएका राजेशपायल नेपाली गीतसंगीतका अब्बल धरोहर हुन् । आफूलाई निरन्तर सफलताको सिँढी चढाउँदै आएका उनी अब नेपाली सांगीतिक क्षेत्रका मात्र नभएर राजेशपायल ‘अन्तराष्ट्रिय गायक’ बनेका छन् ।
जतिखेर ‘फैलियो माया दुवो सरी’ गीत गाउँदा राजेशपायललाई पनि लागेको थिएन कि, आफ्नो गायन दुवोजस्तै संसारभर फैलिन्छ भनेर । तर, आज राजेशपायल नेपालीको मात्र नभएर संसारको गायकका रुपमा चिनिएका छन् । र, आज हामी राजेशपायललाई ‘मेगास्टार’ भन्न पाउँदा गर्व लागेको छ ।
खोटाङको तत्कालीन बुइँपा–२ हाल रुपाकोट नगरपालिका–१४ मा आमा सन्चलक्ष्मी राई तथा बुबा रत्न राईको काइँला छोराको रुपमा ३० सेटेम्बरमा जन्मिनु भएका राजेशपायलले ‘सम्झनाको कुरा नगर’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रको श्रीगणेश गरेका थिए भने पाश्र्वतर्फ पहिलोपटक चलचित्र ‘गरिब’ को ‘मेरो मनको दैलो खोली’ गाएर आफ्नो सांगीतिक ढोका खोलेका थिए । त्यसपछि उनका ढोका कहिल्यै बन्द भएको छैन । आधुनिक, पाश्र्व, लोकपप, लोक र विभिन्न मातृभाषाका गीतहरु गाउँदै आएका राजेशपायलले हजारौ गीत गाइसकेका छन् ।
अहिले आएर राजेशपायललाई नै थाहा हुन छाडेको छ कि ‘मैले कति गीत गाए भनेर ।’ राजेशपायलले दैनिक दुईदेखि नौ वटासम्म गीत रकर्ड गर्न भ्याएका छन् । उनका अधिकांश गीत चर्चित र कालजयी छन् । त्यसैले त आज उनी अन्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल भएका छन् ।
राजेशपायलका हालसम्म एकल एल्बमहरु ‘मुर्छना–१९९५’, ‘पुर्वमा रंग चढेछ–१९९५’, ‘जस्ट फर यु–१९९७’, ‘निगाहा–१९९७’, ‘लभ लेटर–१९९८’, ‘बैगुनी रैछौ मायालु–१९९९’, ‘जदौ–२००४’, ‘कामना–२००६’, ‘जदौ–२, २००८’, ‘जदौ–३–२०११’, ‘दर्शन नमस्ते–२००९’, ‘दर्शन नमस्ते–२, २०१३’, ‘दर्शन नमस्ते–३, २०१६’, ‘मुर्छना–२, २०११’, ‘राई इज किङ–२०१०’, ‘तिमी नहँुदा–२०१०’, ‘मेड इन नेपाल–२०११’, ‘आसेवारो–२०११ (लिम्बु भाषा) छन् भने ६ यसभन्दा बढी चलचित्रमा स्वर दिइसकेका छन् ।
यसरी नेपाली सांगीतिक क्षेत्रमा आफूलाई अब्बल बनाउँदै एकपछि अर्को सफलताको खुड्किलो चढ्दै आएका गायक राजेशपायललाई हालै अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गरे । र, प्रत्येक ५ नोभेम्बरलाई ‘राई इज किङ डे’ फेस्टिवलको रुपमा मनाउँने घोषणासँगै राजेशपायल ‘अन्तराष्ट्रिय पप गायक’ उपाधिबाट सम्मानीत भएका थिए ।

Leave A Reply

Your email address will not be published.