Explore the Radio Palpa in shortly.

मेरो जितलाई कसैले रोक्न सक्दैन—कार्की

0

१५ मंसिर, सिमरा ।  निर्वाचन गतिबिधि तिब्र बनाईरहेका बारा क्षेत्र नम्बर ४ क बाट नेपाली कांग्रेसका उम्मेदवार ओमकृष्ण कार्किले संबिधान कार्यान्वयन र संसोधनका लागी नेपाली कांग्रेस नै रोज्नुपर्ने बताएका छन् । आफुलाई मधेशी र पहाडि समुदायको बराबरी साथ रहेको बताउदै कार्कीले मधेशी जनताको अधिकार कांग्रेसले मात्र स्थापित गर्न सक्ने ठोकुवा गरे ।

आफ्नो प्रतिस्पर्धा बामगठबन्धनसंग नरहेको प्रष्ट पार्दै उनले राजनितीलाई पेशा बनाउनेहरु आफै परास्त हुने बताए । कपुबोटसंग कुराकानि गर्दै उम्मेद्वार कार्किले बामगठबन्धनकै भोटले बारा क्षेत्र नम्बर ४ क मा आफ्नो जीत निश्चित गरेको दावी गरे । लामो समयदेखी सफल यातायात ब्यवसायी भएर काम गरेकाले अब जनताको काममा अहोरात्र खटिने ईच्छाले क्रियाशील राजनितिमा होमिएको बताएका छन् ।

 

Leave A Reply

Your email address will not be published.