Explore the Radio Palpa in shortly.

मानिस शरिरले होईन सोचले अपांग हुन्छ

0

१८ मंसिर, सिमरा । कपुरबोट डेस्क
‘सबैका लागी दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण’ भन्ने नाराका साथ आईतबार नेपाल अपांग सेवा संघ बाराले अपांगता अधिकार सम्बन्धि अभिमुखीकरण तथा बधाई र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । २६ औ अन्तर्राष्ट्रिय अपांगता दिवशका अवसरमा अपांग सेवा संघ बाराको कार्यालय जितपुरसिमरा उपमहानगरपालीका १ सिमरा मनकामना टोलस्थित कार्यालय सभाहलमा आयोजित कार्यक्रमको उद्धघाटन उपमहानगरका प्रमुख डा. कृष्ण पौडेलले गरेका थिए ।

 

111

कार्यक्रमलाई सम्बोधन गर्दै डा. पौडेलले अपांगता भएका ब्यक्तिको अभिभाकत्व ग्रहण गर्दै अपांगमैत्री उपमहानगर बनाउन आफू तयार रहेको बताऐ । उनले अपांगता भएका ब्यक्ति समाजमा स्थापित गराउन अपांग सेवा संघ संग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताउ । अपांग सेवा संघ बाराका कार्यवाहक अध्यक्ष धनप्रसाद बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपांग सेवा संघका मध्यमाञ्चल क्षेत्रिय अध्यक्ष गंगा वाग्ले, उपमेयर सरस्वतिदेवी चौधरी, महिला तथा बालबालीका कार्यालय बाराकी प्रमुख अञ्जु ढुंगाना लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रमका बक्ताहरुले अपांगता शरिरले नभई सोचले हुने धारणा राखेका छन् । कार्यक्रमका बिच मेयर, उपमेयर सहित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन दृष्टिबिहिन अञ्जु धितालले गरेकि हुन् ।

Leave A Reply

Your email address will not be published.