Explore the Radio Palpa in shortly.

शोकमा बजनी (फोटो फिचर)( भिडियो )

0

 

२० मंसिर, सिमरा । सुप्रिया ढकाल

देशको ४५ वटै जिल्लामा बिवाह उत्सव सरह चुनावी तैयारी भैरहदा बाराको जितपुरसिमरा उपमहानगरपालीका ३ बजनी शोकमा डुवेको छ । मंगलबार पत्रकार सन्तोष देउजा बजनी पुग्दा पुरै गाउ नै सुनसान पाईयो । चुनाव बिरोधी गतिविधिले बिभिन्न जिल्लाहरु आतंकित भैरहदा केहि दिनअघि बजनिमा समेत एक दम्पतिको बिभत्स हत्या भएको छ । यसैकारण पनि स्थानियले मतदान गर्ने मनस्थिति समेत नबनाएको पाईयो ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा दम्पतिकै राक्षसी प्रवृत्तिले हत्या हुदा समेत प्रहरी प्रशासनले अझै हत्यारालाई पक्राउ गरि परिवारलाई न्याय दिलाउन नसकेको भन्दै स्व. दिपक सुवेदी र दिपिका (दिपा) सुवेदीका परिवारले दुख ब्यक्त गरेका छन् । साथै आफन्तले समेत सक्दो चाडो अपराधिलाई नियन्त्रणमा लिएर कडा कार्वाहि गर्न आग्रह गरेका छन् ।

 

मतदान गर्न २ दिन मात्र बाकि रहदा परिवारका एक सदस्यले भने, ‘कसरी जाने भोट हाल्न ? कसलाई हाल्ने ? र के का लागी हाल्ने भोट ? कोहि छैन जस्तो लाग्न थाल्यो अब त ।’

यस्तै अर्कातिर अर्का छिमेकि भन्दै थिए, ‘घरमै आएर मान्छेलाई चकु, भाला, हम्मरले हानेर यसरी मार्न थाले, अब मतदान केन्द्र जादा गोली हान्ने होलान् ।’ सबै छिमेकी, आफन्त र परिवारको आवाज भावुक पाईयो ।

स्थलगत रिपोर्ट हेर्न तल क्लिक गर्नुहोस् ।

Leave A Reply

Your email address will not be published.