Explore the Radio Palpa in shortly.

खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

उनकाअनुसार पेट्रोलमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३/३, हवाई इन्धनमा प्रतिलिटर रु ५ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको रु १००, डिजेल र मट्टितेलको रु ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताए ।

खाना पकाउने एलपी ग्यासको भने रु एक हजार ३५० मूल्य कायम गरिएको छ ।

पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

ईमेजखबर

 

Leave A Reply

Your email address will not be published.