Explore the Radio Palpa in shortly.

प्रदेशसभामा पनी बाम गठबन्धन अगाडी

0

२३ मंसिर, सिमरा । कपुरबोट डेस्क

बारामा आठ प्रदेशसभा मध्ये चारको मात्रै मतगणना जारी छ । जिल्लाका उत्तरी क्षेत्रका चार प्रदेशक्षेत्रको मात्रै मत गणना भईरहँदा तीन स्थानमा बामका उमेदवारहरु अगाडी छन् ।

प्रदेशसभा १ क मा बामगठबन्धनका त्रिलोकी चौधरी काँग्रेसका पेमासिद्धी लामा भन्दा अगाडी छन् । आज अपराहन्नबाट मात्रै सुरु गरिएको ३क को मतगणनाको प्रारम्भीक नतिजा अनुसार एमालेका चौधरीले २३२६ र काँग्रेसका लामाले १९८८ मत पाएका छन् । त्यस्तै प्रदेशसभा २क माभने राजपा फोरमका उमेदवारले अरुलाई उछिनेका छन् । फोरमका सारदा शंकर प्रसाद कलवारले ६१४२ मत पाएका छन्गठबन्धन । भने बामगबन्धनका गणेश प्रसाद साह ४४३६ मतका साथ उनलाई पछ्याई रहेका छन् ।

क्षेत्र नं. ३ मा भने बामगठबन्धनकी ज्वालाकुमारी साहले नेपाली काँग्रेसका रामानन्न प्रसाद यादवलाई पछि पार्दै लगेकी छन् । सुवाती चरणमा झण्डै २५० मतका साथ अगाडी रहेका यादव १६ हजार मत गनिसक्दा साहभन्दा १३५८ मतबाट पछाडी परेका छन् । भने यसक्षेत्रबाट राजपाफोरम गठबन्धनका उमेदवार रुपलाल चौधरीले २६९८ मत पाएका छन् ।

र क्षेत्र नं. ४ क मा एमाले जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा अग्र स्थानमा छन् । उनलाई काँग्रेका नवप्रवेसी उमेदवार ओमकृष्ण कार्कीले टक्कर दिई रहेका छन् । विश्वकर्माले ४२१७ मत पाउँदा कार्कीले पनी ३४२४ मत पाएका छन् । यसक्षेत्रका राजपा उमेदवारले १६६३ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.