Explore the Radio Palpa in shortly.

बार्सिलोनाको बहादुरी, रियल मड्रिडको लज्जास्पद हार

0

काठमाडौं, पुस ९ । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गतको बहुप्रतिक्षित खेलमा रियल मड्रिडले बार्सिलोनासँग लज्जास्पद हार व्यहोरेको छ ।

‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनासँग ३–० को हार व्यहोरेको हो ।

शनिबार सांझ रियल मड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाका खेलाडी लुइस स्वारेजले खेलको ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

खेलको ६४ औं मिनेटमा लियोनल मेसीले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भयो । इन्जुरी समय ९३ औं मिनेटमा अलेइक्स भिडेलले गोल गरेपछि बार्सिलोनाले ३–० को स्पष्ट जित दर्ता र्गयो ।

रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले गोल गर्ने थुप्रै मौका पाएपनि बार्सिलोनाका खेलाडीले त्यसलाई विफल पारिदिएका थिए ।

खेलको ६३ औं मिनेटमा डानी कारभजेलले रातोकार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित हुन पुगेको थियो ।

यो जितसँगै अंकतालिकामा बार्सिलोना रियल मड्रिडभन्दा १४ अंकले अगाडि रहेकोे ईमेज खबरमा समाचार छ ।

-ईमेज खबरमा समाचार छ ।

Leave A Reply

Your email address will not be published.