Explore the Radio Palpa in shortly.

रामपुर युवा क्लवलाई २/० ले हराउँदै भम्बक युनाईटेड पनि क्वाटर फाईनलमा

0

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा जारी सेकेण्ड युथ युनियन कप अन्तर्गत आज भएको पहिलो चरणको तेस्रो खेलमा भम्बक युनाईटेड भम्बकले रामपुर युवा क्लव बेझाँडलाई २/० ले पराजित गरेको छ । जित संगै भम्बक युनाईटेड क्वाटर फाईनलमा पुगेको छ ।
आज विहान भएको पहिलो चरणको तेस्रो खेलको पहिलो हाफमा दुवै समुहले गोल गर्न सकेन । दोस्रो हाफमा भम्बक युनाईटेडका सुरेश पाण्डे गोल गरी खाता खोले । त्यसको लगतै भम्बक युनाईटेडका विकास मल्लले थप एक गोल गरी आफ्नो टिमको जित सुनिश्चित गरेका थिए ।
पहिलो चरणको चौथो खेल अहिले दिउँसो ३ बजे सिज नेपाल सदावर्त र कालिका यथ क्लव देविस्थान विच हुँदैछ । यस अघि युथ युनियन मटेरी ए क्वाटर फाईनलमा र वि नाईन ब्वाईज सेमिफाईनलमा पुगिसकेको छ ।

Leave A Reply

Your email address will not be published.