Explore the Radio Palpa in shortly.

वि नाईन ब्वाईज विजयपुर पनि फाईनल प्रवेश

0

इमान सिं राना
पाल्पा (रामपुर) सेकेण्ड युथ युनियन कप फुटबल अन्तर्गत समुह ए बाट भम्बक युनाईटेडलाई २÷० गोल अन्तरले पराजित गर्दै वि नाईन ब्वाईज विजयपुर पनि फाईनलमा पुगेको छ ।
सोमबार विहान भएको खेलको पहिलो हाफमै विजयपुरले लगातार दुई गोलगरेको थियो । विजयपुरका लागि सुरज हमालले पहिलो र अजित अली मियाँले दोस्रो गोल गरेको थियो । यस संगै सोमबार दिउँसो २ बजे हुने प्रतियोगिताको फाईनलमा वि नाईन ब्वाईज विजयपुर, युथ युनियन मटेरी वि संग प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिता अन्तर्गत विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पार्नेछ । प्रतियोगिताको खेल समापन संगै विधिवत रुपमा समापन गरिने आयोजकले जनाएको छ । युथ युनियन मटेरीको आयोजनामा भएको प्रतियोगिता गत असोज २५ गते बाट रामपुर ५ मटेरी सुरु भएको हो ।

Leave A Reply

Your email address will not be published.