Explore the Radio Palpa in shortly.

प्रगतिशिल युवा समाजको नेतृत्वमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

0

इमान सिं राना
पाल्पा (रामपुर) आफ्नो टोल आफै सफा राखौं भन्ने नाराका साथ प्रगतिशिल युवा समाज रामपुर ३ सानीअमराई बोहोरी डाँडा पाल्पाले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
वडा दशैंको तथा शुभ दिपावलीको अवसरमा युवा समाजले मंगलबार वडा कार्यालय, आमा समुह, विद्यालय, सहकारी लगाएतका विभिन्न संस्थाको समन्वयमा टोल सरसफाई गरेको हो । वडा नं. ३ सानीअमराई खेल मैदान बाट सुरु सरसफाई कार्यक्रम बोहोरी डाँडा, झुप्री टोल, शाही डाँडा, समाजसुधार फेदी, रानाटोल माथिल्लो रजघरा, रजघरा बोर्डिङ, शित्तलनगर कुमाल ढीक हुँदै पुन सानीअमराईमा आएर सकिएको थियो ।
सरसफाई टोलीले टोल वरपरका पलाष्टिक जन्य फोहोर संकलन गर्नुका साथै झाडी सरसफाई गरेको प्रगतिशिल युवा समाजका अध्यक्ष दिपेन्द्र राना पन्थीले बताउनु भयो । साथै वडा कार्यालय वडा नं. ३ बाट प्राप्त पलाष्टिकका बाल्टी पनि टोल टोलमा प्रदान गरिएको थियो । सरसफाई कार्यक्रममा वडा कार्यलय, जनविकास माध्यमिक विद्यालय, दर्छा हरियाली सानाकिसान कृषि सहकारी, रजघरा बोर्डिङ्ग, केलादी प्रहरी चौकी, रजघरा बजार व्यवस्थापन समिति, नमुना आमा समुह रजघरा, समाजसुधार मातृ कल्याण आमा समुह बोहोरी डाँडा, लक्ष्मी आमा समुह बोहोरी डाँडा, शित्तल नगर आमा समुह कुमालढिक, समाज विकास आमा समुह, जनजागृति आमा समुहका सदस्य तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.