Explore the Radio Palpa in shortly.

भूपू सैनिकले मनायो २० औं वार्षिक उत्सव

0

पाल्पा (रामपुर) भूपू सैनिक राईजिङ्ग ईङ्गलिस स्कुल रामपुर पाल्पाले २० औं वार्षिक उत्सव तथा २१ औं अभिभावक दिवस मनाएको छ । विद्यालयले ४ दिवसिय कार्यक्रम सहित बुधबार एक समापन समारोह गरी वार्षिक उत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हनेरी क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वार्षिक उत्सव तथा अभिभावक दिवसको समुद्घाटन गर्दै प्रमुख अतिथी नगर शिक्षा अधिकृत अर्यालले शैक्षिक विकासमा निजी विद्यालयले दिएको योगदान प्रशंसनिय भएको बताउँदै, विद्यार्थीहरुको चौतर्फी विकासमा विशेष ध्यान दिन आग्रह गर्नु भयो । उहाँले विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि सरोकारवालाहरु लाग्नुको विकल्प नरहेको बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधान संरक्षक अनेरी क्याप्टेन धन बहादुर रानाले बोल्दै विद्यार्थीहरुको भविष्य निर्माणको लागि विद्यालयले दिएको योगदानको चर्चा गर्दै अझ अघि बढ्न शुभकामना दिनु भयो । त्यस्तै विद्यालयका प्रबन्ध निर्देशक अनेरी क्याप्टेन रोमन बहादुर रानाले विद्यालय स्थापनाका दिनहरुको स्मरण गर्दै हिजोको अवस्था सम्म आउँदा विद्यालयले धेरै फड्को मारेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई विद्यालयको नाम उच्च राख्दै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष क्याप्टेन हिमाल मल्लले विद्यालय वडाको एक शैक्षिक धरोहरको रुपमा रहेको बताउँदै आफ्नो तर्फ बाट विद्यालयको उत्थानको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा आदर्श भूपू सैनिक संस्थाका अध्यक्ष सुवेदार केशर बहादुर खाँण, शेयर समिति संयोजक क्याप्टेन बल बहादुर जिसी, प्याव्सन प्रदेश नं. ५ का कोषध्यक्ष सुर्य प्रसाद घिमिरे, आनन्द निकेतन विद्याश्रमका प्रिन्सिपल गोविन्द प्रसाद पौडेल, भुपु सैनिक बोर्डिङ्ग विजयपुरका प्रिन्सिपल भेषराज पंगेनी, विद्यालयका पूर्व प्रिन्सिपल कपिल बहादुर खाँण, ध्रर्व पोखरेल, समाजसेवी तिलक मल्ल, युथयुनियन मटेरीका अध्यक्ष अमिर राना, विद्यालयका भाईस प्रिन्सिपल गोपी सिग्देल, विद्यार्थीहरु माधुरी अधिकारी र विशाल आलेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल हरि प्रसाद न्यौपानेले विद्यालयको वार्षिक प्रगति विवरण सहित ६३ लाख भन्दा बढीको आम्दानी खर्च विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गर्नुका साथै वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका भाईस प्रिन्सिपल कमल शर्माको स्वागत बाट सुरु भएको कार्यक्रमको संञ्चालन विद्यालयका शिक्षक हरि भट्टराई, कमला भण्डारीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.