Explore the Radio Palpa in shortly.

किसानबारीमा दुर्गा मन्दिर निर्माण हुने

0

दानु हिस्की मगर
पाल्पा (रामपुर) रामपुर नगरपालिका ७ किसानबारी पाल्पामा दुर्गा मन्दिर निर्माण हुने भएको छ । उज्वल उत्थान महिला समुह रामपुर ७ किसानबारीले मन्दिर निर्माण गर्न लागेको हो ।
मन्दिरको बुधबार एक कार्यक्रमका विच ओके बाजे पार्कको आडैमा शिलन्यास गरिएको छ । उज्वल उत्थान महिला समुहका अध्यक्ष मञ्जु रानाको अध्यक्षतमा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । मन्दिरको शिलन्यास गदै प्रमुख अतिथी थापाले मन्दिर निर्माणको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य सामाजिककार्यमा समेत लाग्न महिलाहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले रामपुर क्षेत्रमा धेरै बनेको तर स्याहारको कमी भएको पाईएको उल्लेख गर्दै मन्दिर निर्माण संगै यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । मन्दिर निर्माणको लागि ६ लाख रुपैयाँ रकम छुट्याईएको र आगामी दिनमा विवाह, भोज भतेर, पिकनिक लगाएतका कार्यक्रम गर्न मिल्ने स्थानको रुपमा स्थापित गर्ने जानकारी दिनुभयो । क्लवका सचिव सुनिता रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य रेखा क्षेत्रीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.