Explore the Radio Palpa in shortly.

भम्बक युनाईटेड युथ क्लव द्वारा वृद्धहरुलाई फलफुल वितरण

0

पाल्पा (रामपुर) आईतबार विभिन्न क्लव, समुहहरुले वनभोज, घुमघाम तथा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाए । तर रामपुर नगरपालिका ५ को एक क्लवले भने वृद्धआश्रममा फलफुल वितरण गरेर नयाँ वर्ष मनाएका छन् ।
भम्बक युनाईटेड युथ क्लव रामपुर ५ पाल्पाले राधादामोदर आरोग्य वृद्धा आश्रम चापाकोट ६ साँखरका वृद्धहरुलाई फलफुल वितरण मनाएको हो । वृद्धा आश्रममा रहेका ४० जना वृद्धहरुलाई सम्मान स्वरुप एक कार्यक्रम गरी फलफुल वितरण गरेको हो । कार्यक्रममा बोल्दै राधादामोदर आरोग्य वृद्धाआश्रमका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले क्लवले वृद्धहरु प्रति देखाएको श्रद्धाको प्रशंसा गर्नुभयो । कार्यक्रममा कृष्णराज ज्ञावली, भम्बक युनाईटेड युथ क्लवका सदस्य अनुप मल्ल, जीवन सिं ठकुरीले जेष्ठ नागरिक समाजको गहना भएको बताउँदै उहाँहरुको हेरचाह गर्नु हर नागरिकको कतव्र्य भएको बताएका थिए ।
भम्बक युनाईटेड युथ क्लव अध्यक्ष लक्ष्मण मल्लले देउसी भैलो तथा विभिन्न माध्यम बाट संकलन गरेको रकम बाट फलफुल वितरण कार्यक्रम गरेको बताउनु भयो । समाज प्रतिको उत्तरदायित्व निर्वाहको क्रममा विगत देखि नै विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा यसलाई निरन्तरता दिदै जाने बताउनु भयो । क्लवका अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रम सदस्य कृष्ण कुमालको सञ्चालनमा भएको हो ।

Leave A Reply

Your email address will not be published.