Explore the Radio Palpa in shortly.

ऋषि पञ्चमीमा किसानबारीमा तीजगीत प्रतियोगिता

0

पाल्पा (रामपुर) ऋषि पञ्चमीको अवसरमा रामपुर ७ किसानबारीमा १४ औँ खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । किसानबारी बजार व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
हरितालिका तिज तथा ऋषि पञ्चमीको अवसरमा किसानबारी बजार व्यवस्थापन समितिले प्रतियोगिताको आयोजना गर्दै आएको छ । किसानबारी बजार व्यवस्थापन समितिका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरे आचार्यले मौलिक संस्कृतिको संरक्षण गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
८ समुहको सहभागिता रहेको प्रतियोगिता क्षेत्री समाज नेपाल प्रथम, नवप्रतिभा आमा समुह द्धितिय, सुप्रिय गैरे रामपुर ६ विजयपुरको समुह तृतिय र ब्राह्मण समाज नेपाल सान्त्वना भएको छ । विजयी समुहले क्रमश नगद २० हजार, १५ हजार, १० हजार, ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । बजार व्यवस्थापन समितिका कोषाध्यक्ष रेखा क्षेत्रीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन ध्रुव पोखरेल र सिता डोटेलले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.