Explore the Radio Palpa in shortly.

तेस्रो युथ युनियन कप सुरु

0

पाल्पा (रामपुर) रामपुर नगरपालिका ५ मटेरी ठूलोटारमा तेस्रो युथ युनियन कप २०७६ सुरु भएको छ । विजय दशमी तथा शुभदिपावलीको अवसरमा युथ युनियन मटेरीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
विकृति विसंगती उन्मुलन समाज सबैको चाहाना, शान्ति, समृद्धि समाजसेवा युवाको निस्वर्थ भावना भन्ने नाराका साथ भएको प्रतियोगिता मंगलबार देखि १८ गते सम्म चल्ने छ । प्रतियोगिताको एक कार्यक्रमका विच रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले उट्घाटन गर्नु भएको छ ।
उद्घाटन गर्दै मल्लले खेलले युवाहरुलाई सिर्जनशिल र अनुसाशित बनाउने भन्दै खेल क्षेत्रको विकासको लागि स्थानिय सरकार संगै प्रदेश र संघले पनि पहल गरिरहेको बताउनुभयो । युथ युनियन मटेरीका अध्यक्ष अमिर रानाको अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम खेल संयोजक कमल रानाले स्वागत र सल्लाहकार दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको हो । उट्घाटन खेल रामपुर युवाक्लव र आयोजक युथ युनियन क्लव वि बिच भएको थियो । खेल १÷१ को बराबरीमा रोकिएको छ । रोकिएको खेल आज हुनेछ ।

Leave A Reply

Your email address will not be published.