Explore the Radio Palpa in shortly.

अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अन्तरक्रिया तथा छलफल

0

पाल्पा (रामपुर) अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पाल्पाको रामपुरमा जनप्रतिनिधी अपाङ्गता भएका व्यक्तिहरु विच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । नगरपालिका भित्रका फरक क्षमता व्यक्तिहरुको आवश्यकता कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका नागरिकहरुको अधिकार रक्षा र मागको लागि संस्थागत विकासका कार्यक्रम, स्वाबलम्बी बनाउनका लागि अपाङ्गताको प्रकृति अनुसारको सिप तथा आयमुलक तालिम सञ्चालन गर्नु पर्ने बताएका थिए । शहीद बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा शिक्षा लिनको लागि आवश्यक प्रबन्ध मिलाउनु आवश्यक रहेको बताएका थिए । कार्यक्रम रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले थापाले अपाङ्गता भएका व्यक्तिहरुको विशिष्ट प्रतिभा हुने भन्दै आत्मबल बलियो बनाएर अघि बढ्नु पर्ने बताउनु भएको थियो । उहाँले रामपुर नगरपालिका अपाङ्गता भएका भएका व्यक्तिहरुको अवस्था जानकारी लिन अहिले ३ सय १९ जनालाई परिचय पत्र वितरण तथा अद्यावधिक गरिएको बताउँदै सोही अनुसार प्रकृति हेरेर नगरपालिकाले सिप विकास तथा आयहिर्जोनका लागि कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी, पत्रकार रमा भण्डारी र इमान सिं रानाले अपाङ्गता जुन सुकै अवस्थामा हुन सक्ने भन्दै आफ्नो अवस्थालाई स्वीकार्दै आत्मबल बलियो बनाउन आग्रह गरेका थिए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले अपाङ्गता भएका व्यक्तिहरुका लागि संविधानले गरेको व्यवस्था, कानुनी प्रावधान, परिचयपत्र वितरणको मापडण्डको बारेमा प्रकाश पार्नु भएको थियो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरिक्षक सृजना रेग्मीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.