Explore the Radio Palpa in shortly.

गल्याङमा प्रथम गल्याङ नगर कृषि महोत्सव हुने

0

तिलक गुरुङ

स्याङ्जा (वालिङ) स्याङ्जाको गल्याङमा माघ १६ देखि २६ गते सम्म प्रथम गल्याङ नगर कृषि महोत्सव २०७६ हुने भएको छ । अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको कृषि र उत्पादनको प्रवद्र्धन, व्यापार व्यावसायको अभिवृद्धि संगै कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ गल्याङ च्याम्बर अफ कमर्सले महोत्सव सञ्चालन गर्न लागेको हो ।
गल्याङ च्याम्बर अफ कमर्सले आईतबार पत्रकार सम्मेलन गरि महोत्सवका बारेमा जानकारी दिएको हो । तुलसी भञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको पत्रकार सम्मेलन गल्याङ च्याम्बर अफ कमर्सका अध्यक्ष गंगा श्रेष्ठको अध्यक्षता र पुर्व उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
मेलाको उद्देश्यको बारेमा जानकारी दिदै गल्याङ च्याम्बर अफ कमर्सका अध्यक्ष गंगा श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी, बालउद्यान, औधोगिक व्यापर मेला, सास्कृतिक कार्यक्रम, भेष भुषा प्रदर्शनी तथा गल्याङ आइडल मुख्य आकर्षणको रुपमा रहने जनाकारी दिनुभयो । पत्रकार सम्मेलनको सञ्चालन गल्याङ च्याम्बर अफ कमर्सका सचिव दल सिङ्जालीले गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.