Explore the Radio Palpa in shortly.

पाल्पा । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले चाडपर्वहरुलाई सुरक्षित र सहज बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

0

सार्वजनिक अपिल जारी गर्दै सभापति श्रेष्ठले अस्तव्यस्त सडकका कारण दुर्घटना हुन सक्ने र चाडपर्वका कृत्रिम अभाव सिर्जना गरी मृल्य वृद्धि हुँदा सर्वसाधारण समस्यामा परेकाले त्यसतर्फ ध्यान दिन तीनै तहका सरकारलाई उहाँले अपिल गर्नुभएको छ ।

‘नेपालीहरुको महान पर्व घरदैलोमा आइरहेको अवस्थामा बजारमा चाडपर्वका लागि चाहिने अत्यावश्यक वस्तुहरुमा अत्याधिक मूल्य वृद्धि तथा कतिपय वस्तुहरुको कृत्रिम अभाव समेत भइरहेको अवस्था विद्यमान छ भने अर्को तर्फ वर्षात र बाढी पहिरोका कारण राजमार्ग तथा ग्रामीण सडकहरु भत्केका, विग्रेका र खाल्डा खुल्डी परी गाडी आवत जावतमा समेत असहज अवस्था सिर्जना भएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको देखिदैन । यस्तो अवस्थामा तीनै तहका सरकारको ध्यान जाओस्’ सभापति श्रेष्ठको अपिलमा भनिएको छ ।

बजारमा देखिएको कृत्रिम अभाव र अत्याधिक मूल्य वृद्धि नियन्त्रण गरी सर्वसाधारणलाई चाहिने उपभोग्य वस्तु र सामानहरुको सहज उपलब्ध गराउन उहाँले सरकारलाई आग्रह गर्नु भएको छ ।

सभापति श्रेष्ठले बाढी पहिरोका कारण भत्केका सडक मर्मत सम्भार र खाल्डा खुल्डी पुर्ने काम तुरुन्त गरी चाडपर्वमा यात्रुलाई सहज आवागमन गर्ने व्यवस्था मिलाउन समेत संघीय, प्रदेश र स्थानीय सरकार समक्ष जोडदार माग गर्नु भएको छ ।

यस्तै विगत केही दिनदेखि नेपालका विभिन्न ठाउँमा सामाजिक सद्भाव खलबलिने खालका गतिविधिहरु भइरहेको प्रति पनि उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । सभापति श्रेष्ठले त्यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध यथावत कायम गराउन, नेपाल सरकार, सबै राजनीतिक दल, सामाजिक संघ संस्था तथा सरोकारवाला सबैमा अपिल गर्नु भएको छ ।

उहाँले इजरायलमा नेपाली विद्यार्थीहरु माथि हमासद्वारा गरिएको अमानवीय आततायी क्रूर आक्रमणको भत्र्सना गर्दै दिवंगत नेपाली विद्यार्थी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.