Explore the Radio Palpa in shortly.

हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ – अध्यक्ष प्रचण्ड

0

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाली काँग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा आफ्नो पार्टी नरहेको  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
उनले भने “वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको उद्देश्य आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ हामी निर्वाचन सफल बनाउन चाहन्छौं।”
सिंहदरबारमा आयोजित माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको पनि दावी गरे ।
अध्यक्ष प्रचण्डले भने “हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो”
साथै अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए।

 

Leave A Reply

Your email address will not be published.