Explore the Radio Palpa in shortly.

काठमाडौं क्षेत्र नं.५ मा डा. प्रकाशशरण महतको उम्मेदवारी दर्ता

0

अर्थ नेपाल काठमाडौं /पाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा। प्रकाशशरण महतले भब्य रुपमा आफ्नो मनोनयन दर्ता गराएका छन् । बासँबारी स्थित निवासबाट साइत गरेर मनोनयन दर्ता गर्न निस्कीएका डा। महतलाई पार्टी कार्यकर्ताहरुले नारायणगोपाल चोक स्थित क्षेत्रिय प्रचार प्रसार समितिको कार्यालयमा पु¥याएका थिए । डा। महतले प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेपछि कार्यकर्ताको ठुलो पङ्ती सहित मनोनय पत्र दर्ता गर्न पुगेक थिए ।

गाडि र मोटरसाइलक ¥यालीसहित कांग्रेस कार्यकर्ताले डा। महतलाई निर्वाचन कार्यालय पु¥याएका थिए । नेवारी बाजा बजाउँदै नेवारी परम्परागत पोसाकमा समेत कार्यकर्ता उपस्थित थिए ।
कांग्रेस केन्द्रीय सदस्य रहेका डा। महत दुई पटक परराष्ट्रमन्त्री र एक पटक उर्जा मन्त्री रहेका प्रभावशाली नेता हुन । डा।महतसगैं प्रदेश सभाका लागि ‘क’ बाट रमा गुरागाई र ‘ख’बाट रमेश खड्काले पनि मनोनयन दर्ता गराएका छन् । गुरागाई पहिलो संविधान सभाकी सदस्य हुन भने खड्का नेपाली कांग्रेसको ५ नंं क्षेत्रीय सभापति हुन ।

Leave A Reply

Your email address will not be published.