Explore the Radio Palpa in shortly.

सरकारी छात्रवृत्तिमै विकर्षण : विद्यार्थीलाई छुट्याइएको कोटा वितरण हुन सकेन

0

काठमाडौं /काठमाडौं ( कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गरेका विपन्न विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्न सरकारले ल्याएको छात्रवृत्ति कार्यक्रम निष्प्रभावकारी देखिएको छ ।
प्रचारप्रसारको अभाव र झन्झटिलो प्रक्रियाका कारण सरकारले विद्यार्थीलाई दिन छुट्याएको छात्रवृत्ति कोटा वितरण नै हुन सकेको छैन। दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत सरकारले विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत २०६४ सालदेखि यस्तो छात्रवृत्ति वितरण गरिरहेको छ।

हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई पाँच सय कोटा र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई दुई हजार पाँच सय कोटा उपलब्ध गराउने सरकारी योजना छ। तर यी सबै कोटा वितरण हुन नसकेको समितिका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले बताए। समितिका अनुसार शैक्षिक सत्र २०७१र७२ का लागि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टयाइएको पाँच सय कोटामध्ये तीन सय २८ वटा मात्र वितरण भयो।
त्यस्तै शैक्षिक सत्र २०७२र७३ का लागि पनि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्याइएको पाँच सय कोटामध्ये चार सय ३६ वटा मात्र वितरण भयो। यस वर्ष स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छुट्टयाइएको दुई हजार पाँच सय कोटामध्ये एक हजार नौ सय ३३ वटा मात्र वितरण भएको समितिले जनाएको छ।

झन्झटिलो प्रक्रिया
यस्तो छात्रवृत्तिमा छनोट हुन चाहने विद्यार्थी आर्थिक रूपले विपन्न, पिछडिएको क्षेत्र, जेहेन्दार तथा दलित समुदायको हुनुपर्छ। यस्ता विद्यार्थीले अनिवार्य रूपमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण हुनुपर्छ। सामुदायिक विद्यालयबाट उत्तीर्ण भएपछि कक्षा ११ मा विज्ञान विषय पढेको हुनुपर्छ। कक्षा ११ मा उत्तीर्ण भएमा मात्र कक्षा १२ मा पनि सम्बन्धित विद्यार्थीले छात्रवृत्ति रकम प्राप्त गर्छन्।

कक्षा १२ पनि उत्तीर्ण विद्यार्थीले स्नातक तहमा पनि छात्रवृत्ति प्राप्त गर्छन्। स्नातक तहमा भने जुन संकायमा भर्ना भए पनि हुन्छ तर पहिलो वर्ष उत्तीर्ण भएमा मात्र त्यस विद्यार्थी दोस्रो वर्षमा छात्रवृत्तिका लागि योग्य हुन्छन्। कुनै एक विषयमा मात्र अनुत्तीर्ण भएमा पनि छात्रवृत्तिका लागि अयोग्य हुने प्रावधानका कारण छात्रवृत्तिमा विद्यार्थीको पहुँच नपुगेको गुनासा आएका छन्। समितिका कार्यकारी निर्देशक ढुंगेलले भने, ‘शैक्षिक सत्र २०७१र७२ मा कक्षा ११ मा छनोट भएका तीन सय २८ जनामध्ये दुई सय ४९ जनाले मात्र कक्षा १२ मा पनि छात्रवृत्ति पाए। अन्य विद्यार्थी ११ कक्षामा अनुत्तीर्ण भएका कारण छात्रवृत्तिका लागि योग्य भएन। यस्तै समस्या स्नातक तहमा पनि छ।
साभार ः अन्नपूर्ण पोस्ट

Leave A Reply

Your email address will not be published.