Explore the Radio Palpa in shortly.

पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान

0

अर्थ नेपाल काठमाडौँ / आज सम्पन्न भएको पहिलो चरणको प्रदेश तथा प्रनिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आज भएको मतदानमा सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज मतदान भएको छ ।
आइतबार साँझ पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफूट बाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।
आज भएको मतदानमा मु्ख्य निर्वाचन अधिकृतले दिनुभएको जानकारी अनुसार, रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं। ५ को रत्न मा.वि. ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं। ११ स्थित राष्ट्रिय मा।वि। गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ । यसरी ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने भएको छ ।
यादवका अनुसार आज मतदान सम्पन्न भए लगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने काम समेत शुरू भइसकेको छ । ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रवन्ध मिलाइएको छ,’ यादवले भने ।

यही मङसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने व्यवस्था मिलाइएको छ ।

Leave A Reply

Your email address will not be published.