Explore the Radio Palpa in shortly.

सुवेदी दम्पतीकाे शव उठाउन स्थानियले दिएनन्, राखे तिन बुदें माग

मृतक सुवेदी दम्पतीको घर
0

                    बजनी हत्या काण्ड                 

2B69ACF7-0D04-4630-BC11-B2FACD05DDEC
मृतक दम्पती, तस्विर साैजन्य-सुदिप रिमाल

१६ मंसिर, सिमरा । कपुरबाेट डेस्क

जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ बजनीमा धारीलो हतियार प्रयाेग गरी हत्या गरिएका सुवेदी दम्पतीको शव उठाउन परिवार, आफन्त एवं स्थानियले उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदावारकाे नेतृत्वमा मृतक दिपक र दिपा सुवेदीको शवको मुचुल्का उठाईरहेको छ ।

शवको पोष्टमार्टमका लागी घटनास्थलमा शव वाहन ल्याईएपनि तत्काल अपराधी पक्राउ गर्नुपर्ने, मृतकका सन्तानको लालनपालन तथा शिक्षाका लागी सरकारले ग्यारेन्टी गर्नुपर्ने, बजनिमा तत्काल प्रहरी बिट राखिनुपर्ने लगायतका माग राख्दै स्थानियले शव उठाउन नदिएका हुन् । बारम्बार अपराधिक घटना हुदै आएको बजनिलाई सुरक्षित बनाउन स्थानियले बर्षौदेखी प्रहरी बिट माग गर्दै आएका थिए ।

वडाध्यक्ष जगन्नाथ घिमिरेका अनुसार केहिबेर अघि कुकुर सहितकाे टोली आएर अनुसन्धान गर्दा एउटा रिचार्ज कार्ड र ज्याकेट समेत फेला परेको छ । तालिम प्राप्त शव सुँघेर उत्तर तर्फको जंगलसम्म पुगी अलमलमा परेकाले अपराधी जंगलतर्फ नै गएको हुन सक्ने प्रहरीको अनुमान रहेको उनले बताए । दिपक सुवेदीको शव उनले सञ्चालन गर्दै आएको गाई फर्म देखि करिब ४० मिटर पश्चिम परालको कुन्यु नजिकै र श्रीमती दिपाको शव गाई फर्म मै अवस्थित कोठा भित्रै फेला परेको हो ।

 

Leave A Reply

Your email address will not be published.