Explore the Radio Palpa in shortly.

युथ युनियन मटेरी ए द्वारा टाईगर फुटबल क्लव पराजित

0

पाल्पा (रामपुर) पाल्पाको रामपुरमा आज देखि सेकेण्ड युथ युनियन कप सुरु भएको छ । वडा दशैंको अवसरमा सुरु भएको खुल्ला फुटबल प्रतियोगिता युथ युनियन मटेरीको आयोजनामा भएको हो ।
आज भएको उट्घाटन खेल टाईगर फुटबल क्लव चापाकोट र युथ युनियन मटेरी ए रामपुर विच भएको थियो । जसमा चापाकोटलाई मटेरीले १÷० गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफ कुनै पनि समुहले गोल गर्न सकेन । दोस्रो हाफमा युथ युनियन मटेरीका निर बहादुर सोमैले एक गोल गरे । सोमैको गोल नै अन्तत निर्णायक गोल बन्यो ।
रामपुर ५ मटेरी ठूलोटार खेल मैदानमा सुरु भएको प्रतियोगिता असोज २५ गते देखि २९ गते सम्म चल्ने छ । प्रतियोगिताको सिदार्थ सिमेन्टका रामपुरका लागि आधिकारिक विक्रेता समुन्द्र रेग्मीले रिवन काटेर र ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेयले बल हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद भन्ने नाराका सुरु भएको प्रतियोगितामा रामपुर नगरपालिका र चापाकोट नगरपालिकाका १२ समुहको सहभागीता रहेको छ । प्रतियोगितामा विजयी समुहले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.