Explore the Radio Palpa in shortly.

रंगाेलीको साथमा लक्ष्मी पुजा संगै भैली (फाेटाेफिचर)

0

पाल्पा (रामपुर) यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिदै छ । साथै घर गोठमा गाईको पूजा गरिएको छ । आज विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिइएको थियो ।

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरीएको थियो । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङ लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । अहिले साँझ मूलद्वारमा पिठो र रंग मार्फत रंगाेली बनाई लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बालिदै छ ।

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् । अहिले विभिन्न क्लव, संघ संस्था र समुहको किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेलीरहेका छन् । यसरी भैलो खेल्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ । तर पछिल्लो समय मौलिक भौलो हराउँदै गएको छ । आज दिन भर रामपुर सहित गण्डकी बेसी क्षेत्रमा प्रस्तुत गरिएका भैलीहरु रेकर्ड गरिएका गित बाटै भएको देखिएको थियो । यस्तै साँझ ढल्कदै जाँदा गाउँशहर दिपावलीले झिलीमिलि भएको छ । दिपावलीमा पछिल्लो समय विद्युतिय बत्ती झुल्लरहरुको अध्याधिक प्रयोग हुन थालेको छ । विद्युत पुगेका स्थानमा रंगिविरंगी झुल्लरले झिलीमिली भएको छ । कतै मैनको दियो बलेका छन् । तर पछिल्लो समय तेल सहितको दियो भने निकै कम मात्रामा देख्न सकिन्छ ।

रामपुर बेझाँड बजारमा जे देखियाे । 

 

Leave A Reply

Your email address will not be published.