Explore the Radio Palpa in shortly.

शुक्रबार बाट प्रथम चापाकोट महोत्सव शुरु

0

पाल्पा (रामपुर) चापाकोटको शान, सुन्दर नगर हाम्रो पहिचान भन्ने नाराका हिजो देखि स्याङ्जाको दक्षिणी भेग चापाकोटमा प्रथम चापाकोट महोत्सव शुरु भएको छ । चापाकोट सहित समग्र गण्डकी बेशी क्षेत्रको सम्भावनाको खोजी संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गरी विकासमा सहयोग पु¥याउने उद्देश्यले सुरु भएको महोत्सव चापाकोट उद्योग वाणिज्य संघको आयोजनमा भएको हो ।
चापाकोट सुन्तलीतार खेल मैदानमा सुरु भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उट्घाटन गर्नु भएको थियो । महोत्सवको शुभारम्भ गर्दै मुल्मीले मेला महोत्सवले व्यापार व्यवसायको प्रवद्र्धन मात्र नभई क्षेत्रको पहिचानमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । आफ्नो क्षेत्रको पहिचानको लागि चापाकोटले चालेको कदमको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले चापाकोट स्याङ्जाकै सबै भन्दा उर्वर भूमी रहेको बताउँदै भविष्यमा गण्डकी प्रदेशको मुख्य आधारका रुपमा स्थापित हुने उल्लेख गर्नु भयो । उहाँले समग्रचापाकोटको विकासको लागि एक हुन आग्रह गर्नुभयो । उहाँले गण्डकी वेशी क्षेत्र धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्वले प्रचुर संभावना बोकेको क्षेत्र भएको बताउँदै यहाँका संभावनाहरुलाई प्रचार प्रसार गरी आर्थिक समृद्धितर्फ जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले चापाकोटको विकासको लागि एक जुट भएर जुट्नुको विकल्प नभएको भन्दै समग्र चापाकोटको विकासको लागि आयोजना गरिएको महोत्सवमा नेकपाले उपस्थित नजनाउने निर्णय गरेर गल्ति गरेको बताउनुभयो । सामाजिक कार्यमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्न सकेमात्रै समग्र चापाकोटको हित हुने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सचिव कुमार राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणि खनालको सभापतित्वमा भएको उट्घाटन कार्यक्रम कोषध्यक्ष विष्णु काफ्लेको स्वागत र महासचिव शिव श्रेष्ठ, भुवन भण्डारीको सञ्चालनमा भएको थियो । महोत्सव सुभारम्भको अवसरमा सांस्कृतिक झाँकी प्रर्दशन गरिनुका साथै ¥याली सहित चापाकोट बजार क्षेत्र परिक्रमा गरिएको थियो । कार्यक्रममा हिजो लोक तथा दोहोरी गायक राजन कार्की, संगिता थापा र सिपी थापा लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो । महोत्सवमा आज गायिका ज्योती मगर लगाएतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनसँग जोडिएका कृषि, पशु, हस्तकला, कुमाल समुदायको लोपोन्मुख अवस्थामा रहेका माटाका भाँडा तथा स्थानीय कला, संस्कृतिहरुको प्रचार प्रसार, स्थानीय खानाका परिकारहरुलाई प्राथमिकताका साथ महोत्सव अवधिमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । साथै महोत्सवमा बालउद्यान, प्यारागलाईडिङ्ग तथा हेलिकप्टर मार्फत गण्डकी बेशी क्षेत्रको दृश्य अवलोकनको समेत व्यवस्था रहेको छ । महोत्सवमा फेन्सी, अटोमोवाईल्सका स्थलहरु समेत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.