Explore the Radio Palpa in shortly.

रामपुर उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा सम्पन्न

0

पाल्पा (रामपुर) पाल्पाको पूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन रामपुर उद्योग वाणिज्य संघको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले विहिबार राम्चे सामुदायिक वनको सभाहलमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकको समृद्धिको मुख्य आधार उद्योग तथा व्यवसाय सञ्चालन रहेको बताउनुभयो । विकसित राष्ट्रहरु उद्योगहरुको स्थापना तथा व्यवसायको माध्यम बाट समृद्ध बनेको बताउँदै नगरको समृद्धिको लागि नगरबासीहरु व्यवसायिक बन्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले सरकार लिएको निती अनुसार रामपुर नगरपालिका ७ को विरेन्द्रटारलाई औद्योगिक ग्रामको रुपमा अघि बढेको बताउनुभयो । थापाले नगर क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धनको लागि संघले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले रामपुर नगरपालिका विकासमा सबैलाई समेटेर अघि बढेको बताउनुभयो । उहाँले विकासका लागि एक जुट भएर लाग्नुको विकल्प नभएको बताउँदै सबैको साथ र सहयोगले नगरपालिका अहिलेको अवस्थामा आईपुगेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नगरभित्र उत्पादनमा वृद्धिका लागि संगको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार राजु प्रसाद श्रेष्ठले नगर भित्रको औद्योगिक क्षेत्रका बारेमा छलफल गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका सल्लहाकार एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका ३ का वडा अध्यक्ष दिनेश कुमार खनाल, रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार राजेन्द्र लम्साल, फणेश्वर गौतम, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, रामपुर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौडेल, रामपुर उद्योग वाणिज्य संघका सदस्य दोवराज तिवारी, सागर प्रसाद देवकोटा र पत्रकार सिता डोटेलले घरेलु तथा कुटिर उद्योगहरुको प्रवद्र्धनमा जुट्नु आवश्यक रहेको बताएका थिए ।
साधारण सभाको अवसरमा संस्थाको प्रगति, भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघ रामपुर क्षेत्रको उद्योग र व्यापार संगै याहाँका पर्यटकिय स्थलको प्रवद्र्धन कला र संस्कृतिको संरक्षणका लागि पनि उत्तिकै जिम्मेवार भएर लागेको बताउनुभयो । कार्यक्रमको अवसरमा डि एण्ड जि कला केन्द्र बेझाँडको सांस्कृतिक नृत्य पनि प्रदर्शन गरिएको थियो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईको स्वागत, उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको धन्यवाद र महासचिव खिम बहादुर क्षेत्रीको सञ्चालनमा भएको हो ।

रेडियो पाल्पाका डेक्स संवाददाता रानालाई सम्मान

      रेडियो पाल्पाका डेक्स संवाददाता इमान सिं राना नगद सहित सम्मानित हुनु भएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पत्रकारितामा क्रियाशिल राना रामपुर उद्योग वाणिज्य संघको ५ औं साधारण सभाको अवसरमा नगद सहित सम्मनित हुनु भएको हो ।
संघको साधारण सभाको अवसरमा रानालाई दोसला ओढाई नगद ५ हजार, सम्मान पत्र र पाल्पाली करुवाले सम्मान गरेको हो । पत्रकारिताको माध्यम बाट सकारात्मक सन्देश प्रवाह गरी रामपुर संगै पाल्पाको पूर्वी क्षेत्रको पर्यटकिय स्थलहरुको प्रचारप्रसार योगदान दिएको भन्दै रानालाई सम्मान गरिएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ सहित सल्लाहाकार सदस्य तथा कार्यसमितिका पदाधिकारीहरुले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । रेडियो पाल्पाको साचार डेक्समा क्रियाशिल राना एभिन्युज टेलिभिजन, नवजनचेतना दैनिक पत्रिकामा पनि सक्रिय रहँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.